बिहानै दुई जनाको मृत फेला

निरन्तर न्यूज
२४ फाल्गुन २०७६, शनिबार १४:१४

बैतडी । बैतडीको मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट मृत फेला परेका छन् । मेलौली नगरपालिका ६ हतरंगा निवासी ४४ बर्षीय भट्ट शिवनाथ गाउँपालिका ३ साउगाडामा आज बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक भट्टले शुक्रबार मदिरा सेवन गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिका २ का ५६ बर्षीय मीनबहादुर पाल पनि आज बिहान मृत फेला परेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका ३ बगडीमा सडक छेउमा पाल मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

पालको मदिरा सेवनबाट ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृतक दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी ल्याउन लागिएको प्रहरी नायव उपरीक्षक पाण्डेयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*