जापानले एकैपटक रद्द गर्‍यो लाखौं चिनियाँ र कोरियनको भिसा

निरन्तर न्यूज
२४ फाल्गुन २०७६, शनिबार १३:५०

काठमाडौं । जापानले कोरोना भाइरसको जोखिम रोक्न भन्दै एकै पटक लाखौं चिनियाँ र दक्षिण कोरियाका नागरिकको भिसा रद्द गरेको छ ।

जापानको परराष्ट्र मन्त्रालयका अनुसार एकै पटक २८ लाख चिनियाँ र १७ हजार दक्षिण कोरियाका नागरिकको भिसा रद्द गरेको हो सोमबारदेखि हङकङ र मकाउका नागरिकको पनि भिसा रद्द गर्ने जापानले जनाएको छ ।

जापान आइसकेकाहरुको भिसा भने तत्काललाई रद्द गरिएको छैन ।

आफ्ना नागरिकको भिसा रद्द गरेपछि दक्षिण कोरियाले अनुचित र अवैज्ञानिक निर्णय गरेर समस्या पार्न खोजिएको भन्दै जापान सरकारको आलोचना गरेको छ । श्रोत खबरहब

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*