स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

निरन्तर न्यूज
२४ फाल्गुन २०७६, शनिबार १२:१७

कैलाली । कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका ६ मा स्कुलबस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको हो।

शुक्रबार पूर्वबाट पश्चिमतर्फ आइरहेको त्रिपुरा ईङलिस बोर्डिङ स्कुलको ना ४ ख ४९४४ नम्बरको बस र विपरीत दिशातर्फ गइरहेको से ५ प ६९९४ नम्बरको मोटरसाइकल ठोकिक्दाँ गौरीगंगा नगरपालिका १ का २४ वर्षीय विजय लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*