समारोहमा गोली चल्दा ३२ जनाको मूत्यु
अफगानिस्तानको राजधानी काबुलको एक समारोहमा गोली चल्दा ३२ जनाको मूत्यु भएको छ ।
अफगानी शीर्ष नेताहरु सहभागी भएको समारोहमा आक्रमण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ । आक्रमणबाट शीर्ष नेता अबदुल्ला जोगिएपनि ६० जना घाइते भएको जनाइएको छ। आक्रमण लगत्तै पुगेको विशेष सुरक्षा फौजको जवाफी कारबाहीमा गोली चलाउने दुई जना मारिएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ । आक्रमणको जिम्मा इस्लामिक स्टेट आईएसआईएसले लिएको समेत जनाइएको छ ।
आईएसआईएस भने सम्झौतामा सहभागी थिएन । अफगानिस्तानमा चलिरहेको द्वन्द्वका कारण २४ सय भन्दा धेरै अमेरिकी सेनाको ज्यान गैसकेको छ भने झण्डै १२ हजार सेना अझै अफगानिस्तानमा तैनाथ छन् । अमेरिका र तालिवानी लडाकूबीच १४ महिनाभित्र अमेरिकी सैनिक फिर्ता पठाउने शर्तसहित शान्ति सम्झौता भएपछि अफगानिस्तानमा घटेको यो सबैभन्दा ठूलो घटना हो ।