हेटाैँडामा मेघ गर्जन सहित वर्षा

निरन्तर न्यूज
२४ फाल्गुन २०७६, शनिबार ११:१३

हेटौंडा । हेटाैँडामा आज बिहानै देखि हेटौंडामा हल्का हावा सहित वर्षा भइरहेको छ । समय समयमा देशका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा भैरहेकाे छ ।

शनिबार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आंशिकदेखि सामान्य बदली रही देशका धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकाे सूचनामा उल्लेख गरिएकाे  छ ।

शनिबार दिउँसो देशभरका स्थानमा सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन,चट्याङ् हावाहुरी, असिना सहित वर्षाको सम्भावना रहेको छ । विशेषगरी देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हिमपातको सम्भावना समेत रहेको महाशाखाले उल्लेख गरेकाे छ ।

हेटाैँडामा वर्षातकाे कारण जन मानसकाे बजारमा चहल पहल न्यून रहेकाे छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*