युवाहरु सपना देख्छन्, बुढाहरुले संस्मरण लेख्छन्ः वरिष्ठ उपाध्यक्ष राई

निरन्तर न्यूज
२३ फाल्गुन २०७६, शुक्रबार १७:०६

काठमाडौं । समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष अशोक राईले राजनीतिक नेतृत्व युवालाई छाड्नुपर्ने बेला भएको बताएका छन् ।

तत्कालीन नयाँ शक्ति पार्टी, नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालको काठमाडौँ, ललितपुर र भक्तपुरको जिल्ला पार्टी कमिटीको काठमाडौंमा भएको समायोजन घोषणा कार्यक्रममा बोल्दै नेता राईले उक्त कुरा बताएका हुन् । ‘युवाहरुले सपना देख्छन्, बुढाहरुले संस्मरण लेख्छन्,’ उनले भने, ‘अब संस्मरण लेख्ने ठाउँतिर हामी गइसकेका छौं र सपना देख्ने ठाउँमा तपाईं युवाहरु हुनुहुन्छ ।’

उनले नयाँ पुस्ताले राजनीतिमा मेहनत गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘अब तपाईंहरुले मेहनत गरेर अगाडि जानुपर्छ । हिजो हामी पनि युवा हुँदा हामीसँग सपनाहरु थिए । म २१ वर्षको उमेरमा सारा पढाई, जागिर, घर, परिवार छोडेर भूमिगत भएर हिंडेको । ३३ वर्षमा सांसद भएको, ३७ वर्षमा त मन्त्रि भइसकेको थिएँ ।’

बुढेसकाल लागेपछि युवा उमेरको जस्तो ऊर्जा बाँकी नरहने अनुभूति उनले कार्यक्रममा राखे । ‘तर अब ६०को सिमानामा पुगिसकेपछि हिजोको जस्तो ऊर्जा हुँदैन । अनुभव हुन्छ, ऊर्जा हुँदैन, उनले भने, ‘त्यसो भएर ऊर्जा र अनुभवलाई मिलाएर लग्नुपर्छ । यसको अर्थ हामी बुढाहरु अब रिटायर हुने भनेको होइन । अझै हामी केही गर्न चाहन्छौं । तर, मुख्य जिम्मा अब युवाहरुले लिनुपर्दछ । मेरो शुभकामना छ युवा नेतृत्वहरुलाई ।’

भेलाले समाजवादी पार्टी काठमाण्डौं, ललितपुर र भक्तपुरको जिल्लामा समाजवादी पार्टीको नेतृत्व चयन गरेको छ । काठ श्यामकृष्ण प्रजापति, सनोज महत, श्याम शिल्पकार अध्यक्षमा चयन भएको समाजवादी पार्टीका महासचिव गंगा श्रेष्ठले जानकारी दिए ।श्रोत साझा पोस्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*