टिप्परको ठक्करबाट एक जनाको मृत्यु

निरन्तर न्यूज
२३ फाल्गुन २०७६, शुक्रबार १४:४०

बुटवल । पाल्पाको तानसेन–७ लामिडाँडामा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
शुक्रवार तानसेनबाट बुटवल आउँदै गरेको लु७प ४३४ नम्बरको मोटरसाइकलाई सोही दिशाबाट आउँदै गरेको लु२ख ३१७८ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाइलमा सवार तानसेन नगरपालिका–७ की ५५ वर्षीया मधु श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी दिएको छ ।

दुर्घटनामा पति हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भइरहेको छ । प्रहरीले ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*