दक्षिण कोरियामा कोरोना भाइरसको कहर : संक्रमितहरुको संख्या ६२८४ पुग्यो
काठमाडौँ । दक्षिण कोरियामा पनि कोरोना भाइरसको कहर उत्तिकै बज्रिएको छ । पछिल्लो रिपोर्ट अनुसार दक्षिण कोरियामा कोरोना भाइरसका कारण ४० जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या ६२८४ पुगेको छ ।
दक्षिण कोरियामा भने संक्रमतिहरुले बेलैमा उपचार पाएका कारण मृत्युदर निकै कम रहेको बताइएको छ ।
तर, संक्रमितहरुको संख्या व्यापक बढेका कारण औषधी लगायत अन्य अत्यावश्यक सामाग्रीको चरम अभाव हुन थालेको बताइएको छ ।
सरकारले भने उच्च सतर्कता अपनाउन विशेष ध्यान दिन आफ्ना नागरिकलाई बारम्बार सचेत गराउँदै आइरहेको छ ।