पोखरीमा डुबेर एक महिलाको मृत्यु

निरन्तर न्यूज
२३ फाल्गुन २०७६, शुक्रबार १२:२८

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–१ धिरापुरमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका–१ धिरापुर बस्ने राजदेव मण्डल खत्बेकी पत्नी ६० वर्षीया सुकमरियादेवी मण्डल खत्बे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

बिहीबार साँझ गाउँ नजिकैको पोखरीको डिलमा घाँस काट्न गएकी खत्बेलाई छारे रोगले च्यापेपछि उनी सोही पोखरीमा खस्न जाँदा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*