त्रेतायुगिन झल्को दिने जनकपुरधामको परिकल्पना : मुख्यमन्त्री राउत

निरन्तर न्यूज
२२ फाल्गुन २०७६, बिहीबार १८:२२

जनकपुरधाम। मुख्यमन्त्री लालबाबु राउतले अगामी २० वर्षमा त्रेतायुगिन झझल्को दिने जनकपुरधामको परिकल्पना गर्नु पर्ने बताउनु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको ‘जनकपुरधाम २०४०’ दुरगामी सोच निर्धारण तथा समावेशी आर्थिक विकास योजना तर्जुमा सम्बन्धि कार्यशाला गोष्ठीको समुदघाटन सत्रमा मुख्यमन्त्री राउतले धार्मिक एतिहासिक महत्व बोकेको जनकपुरधामलाई त्यसै अनुरुप विकास गर्नु पर्ने बताउनु भयो ।

उहाँले प्रदेश नं. २को स्थायी राजधानी हुने प्रायः निश्चित रहेको जनकपुरधामको दिर्घकालिन विकासको योजना बनाउदा जनकपुरधामको एतिहासिक साँस्कृतिक महत्व र राजधानीको आवश्यकतालाई ध्यानमा राख्न सुझाव समेत दिनु भयो ।

मुख्यमन्त्री राउतले जनकपुरमा भई रहेको अनियन्त्रित बस्ती विकासलाई रोक्दै नगर क्षेत्र भित्र शिक्षा, स्वास्थ्य र व्यापारिक केन्द्रहरुको लागि स्पेशल जोन सहितको अवधारणा ल्याउनु आवश्यक रहेको उल्लेख गर्नु भयो ।

जनकपुरधाम उपमहानगरले २० वर्ष पछिको जनकपुरको परिकल्पना सहित ल्याउने गुरुयोजनामा तीनै तहको सरकारले गर्नु पर्ने काम बारे स्पष्ट व्यवस्था गर्न सुझाव दिनु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले गर्नु पर्ने कार्यमा प्रदेश सरकार प्रतिवद्ध रहने उल्लेख गर्नु भयो ।

नगर प्रमुख लाल किशोर साहको अध्यक्षतामा भएको उदघाटन सत्रमा उपमेयर रिता मिश्रले स्वागत मन्तव्य राख्नु भएको थियो भने सुदृढ परियोजनाको नीति सल्लाहकार कृष्ण ज्ञवालीले कार्यशालाको उद्देश्य बारे प्रकाश पार्नु भएको थियो ।

दुई दिने उक्त कार्यशालामा उपमहानगरपालिकाका पदाधिकारीहरु, नागरिक समाजका प्रतिनिधि , विज्ञ सहितको उपस्थिति रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*