रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा बाबुको मृत्यु, ५ वर्षीय छोरा घाइते

निरन्तर न्यूज
२२ फाल्गुन २०७६, बिहीबार १७:११

चितवन । नारायणगढ–मुग्लिन खण्डअन्तर्गत जुगेडीमा बिहीबार दिउँसो पौने दुई बजे रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकल पछाडि बस्ने अन्य दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार काठमाडौंबाट नारायणगढतर्फ आइरहेको ना .३०प ९५६९ नम्बरको मोटरसाइकल जुगेडीमा रोकिराखेको ना .७ख ४९५१ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा सख्त घाइते मोटरसाइकल चालक नवलपुरको कावासोती ९ बस्ने नरबहादुर थापाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलको बीचमा बस्ने थापाका ५ वर्षीय छोरा विवश र पछाडि बस्ने २७ वर्षीय अमृत बोहोराको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*