जात्रा मेला नगर्नुहाेस, भिडभाड स्थानमा नजानुहाेस : मकवानपुर प्रशासन

निरन्तर न्यूज
२२ फाल्गुन २०७६, बिहीबार १६:३०

हेटाैँडा ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले  काेराेना भाइरसकाे स‌ंक्रमणबाट सुरक्षित रहन तथा जाेखिम कम गर्न सभा सम्मेलन, सार्वजनिक कार्यक्रम तथा जात्रा मेला नगर्नुका साथै भिडभाड स्थानमा नजान अनुराेध गरेकाे छ ।

विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेका बेला मकवानपुर प्रशासनमा आज विहीवार भएकाे सर्बपक्षिय छलफलले अर्को सूचना जारी नभएसम्मको लागि सभा, सम्मेलन, मेला, महोत्सव लगायतका कार्यक्रम गर्न रोक लगाएको छ । साथै प्रशासनले स्वास्थ्य अवस्थाबारे सचेत रहन र व्यक्तिगत सरसफाइमा ध्यान दिन समेत आग्रह गरिएकाे जारी सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*