अतिथी सत्कार सम्वन्धी तालिम आजबाट हेटाैँडामा शुरु

निरन्तर न्यूज
२२ फाल्गुन २०७६, बिहीबार १६:१३

हेटौंडा । बागमती प्रदेश मातहतमा कार्य गरिरहेका सहयोगीहरुलाई अतिथी सत्कार सम्वन्धी तालिम आजबाट हेटाैँडामा शुरु भएकाे छ ।

प्रदेश प्रमुखको कार्यालयको अयोजनामा प्रदेशका सातै मन्त्रालय, निर्देशनालयहरु र मातहतका कार्यालयमा कार्यरत कार्यालय सहयोगीहरुका लागि अतिथी सत्कार सम्वन्धी दुईदिने तालिम हेटाैँडाकाे माेटेल एभाेकाडाेमा सुरु गरिएको हो ।

कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव दुर्गादत्त ढकाल, नेपाल पर्यटन तथा होटल व्यावस्थापन प्रतिष्ठानका उप विभागिय प्रमुख सूर्यकिरण श्रेष्ठ लगायतकाे आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*