पोखराका युवाको अस्ट्रेलियाको समुन्द्रमा डुबेर मृत्यु

निरन्तर न्यूज
२२ फाल्गुन २०७६, बिहीबार ११:३४

मेलवर्न । नेपालको पोखरा घर भएका एक युवाको अष्ट्रेलियाको समुद्रमा डुबेर ज्यान गएको छ ।

क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर पोखराका निकेश श्रेष्ठको ज्यान गएको हो । बुधबार दिउँसो पौडी खेल्ने क्रममा निकेशलाई छालले बगाएको जनाइएको छ ।

छालमा बगेर बेपत्ता भएपछि उनीसँगै पौडी खेलिरहेका साथीहरूले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए । उद्धारकर्मीले ५ मिनेटपछि किनारबाट दुई सय मिटर पर तैरिरहेको अवस्थामा निकेशको फेला पारेको एनआरएनए क्विन्सल्यान्डका संयोजक उमेश खड्काले जानकारी दिएका छन् ।

निकेश फेडेरेसन युनिभर्सिटीमा अध्यनरत थिए । उनी चार जना साथीसँग पौडी खेल्न समुद्रमा पुगेका थिए ।

अहिले उनको शव ब्रिजवेनको कुपर प्लेनस्थित शवगृहमा राखिएको र नेपाल पठाउने तयारी गरीरहेको खड्काले जानकारी दिएका छन् ।श्रोत नयाँ पेज

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*