बलात्कारको आरोपमा नेकपाका सांसद रावल धनगढीबाट पक्राउ
धनगढी । बलात्कारको आरोपमा सत्तारूढ नेकपाका प्रदेश सांसद पक्राउ परेका छन । कैलालीकी एक महिलामाथि बलात्कारको आरोप लागेका नेकपाका सुदूरपश्चिम प्रदेशका सांसद अक्कल बहादुर रावल पक्राउ परेका हुन् । उनी अछाम क्षेत्र नम्बर २(क)बाट निर्वाचित सांसद हुन ।
प्रहरीका अनुसार रावल माथि धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की एक महिलाले बलात्कारको अभियोगमा किटानी जाहेरी दिएकी थिइन । ती महिलाको जाहेरीपछि रावलालाइ प्रहरीले खोजी गरिरहेकै अवस्थामा बुधबार जिल्ला प्रहरी कार्यालय पुगेका रावललाइ प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्ष कुमार बस्नेतले सांसद रावल माथि बलात्कारको मुद्दामा अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिने बताएका छन । प्रहरीका अनुसार घटना गत माघ २१ गतेको हो ।श्रोत दैनिकी