जीप दुर्घटनामा वडा सचिवको मृत्यु

निरन्तर न्यूज
२२ फाल्गुन २०७६, बिहीबार १०:२६

गोरखा। गोरखाको मान्बुमा बुधबार राति भएको जीप दुर्घटनामा धार्चे गाउँपालिका–६ का वडा सचिवको मृत्यु भएको छ ।

लमजुङ घर भएका वडा सचिव किरण रिमालको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा धार्चे गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङसहित सात जना घाइते छन् ।

काशी गाउँमा आयोजना गरिएको अपाङ्ग परिचयपत्र वितरण कार्यक्रमका लागि उपाध्यक्ष गुरुङ र कर्मचारीसहितको टोली मान्बु जाँदै थिए । त्यही क्रममा उनीहरुले प्रयोग गरेको ग १ ज ५५०५ नम्बरको बोलेरो जीप दुर्घटना मान्बुको धोरतमा भएको हो । उनीहरु आरुघाट मान्बु सडक हुँदै काशी गाउँ जाँदै थिए ।

घाइतेहरुलाई घटनास्थलबाट आधा घण्टाको दूरीमा रहेको स्वास्थ्य केन्द्रमा राखिएको छ । उनीहरुलाई उप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको धार्चे गाउँपालिकाले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*