मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा ४ को मृत्यु

निरन्तर न्यूज
२२ फाल्गुन २०७६, बिहीबार ०७:४६

हेटौंडा।मकवानपुर गढीगाउँपालिका वडा नम्बर २ शिखरकटेरी गैरीभञ्ज्याङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका गढी ७ सुकौराका २४ बर्षीय सुरज लो को चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।उनि सहित ३ जनाको हेटौंडामा उपचार सम्भव नभएपछि चितवन रेफर गरिएको थियो।

उक्त दुर्घटनामा घटनास्थलमै ३ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा गढी गाउँपालिका वडा नम्बर ७ सुकौरा गेबडाँडाका २७ बर्षीय सोमबहादुर मोक्तान र ४० बर्षीय सोमबहादुर रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अर्का एक पुरुषको पहिचान खुलेको छैन । मकवानपुर गढिको जीतपुर भञ्ज्याङबाट सुकौरा सातकन्या जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको जन्ती बोकेको बस अनियन्त्रित भई सडक छेउ भित्तामा ठोक्किएर पल्टिएको थियो ।

दुर्घटनामा ५२ जना घाइते भएका छन्, जसमा १८ जना महिला र ३४ जना पुरुष रहेका छन् । दुर्घटनामा घाइते भएकामा ४ जनाको अवस्था गम्भिर, २२ जनाको मध्यम र २६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये २८ जनाको हेटौंडा अस्पतालमा र बाँकीको चुरेहिल अस्पतालमा उपचार भईरहेकोमा ३ जना चितवन रिफर भएका छन्।दुर्घटनामा परेका घाइते लाई  जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टिका बहादुर कार्की, वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी, प्रहरी निरीक्षक सुजन पाठक स्थानियको सहयोगमा उद्धार गरि उपचारका लागि हेटौंडा पठाइएको थियो। स्रोत :  प्रष्टखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*