ओभरटेक गर्न खोज्दा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

निरन्तर न्यूज
२१ फाल्गुन २०७६, बुधबार १६:३२

जनकपुरधाम । बसलाई ओभरटेक गरेर अगाडि बढ्न खोज्दा सिरहामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजनर नगरपालिका ४ स्थित जनकचोकमा यात्रुबाहक बसले किच्दा मोटरसाइल चालक लहान १९ का मोहमद लुतफूर रहमानको मृत्यु भएको हो।

बुधबार दिउँसो पूर्वबाट पश्चिमतर्फ आइरहेको ना४ ख ४२६५ नम्बरको बसलाई अभरटेक गरेर अगाडि बढ्न खोज्दा विपरीत दिशाबाट गइरहेको बा ३१ ब ९८८३ नम्बरको अर्को मोटरसाइकलसँग ठोक्किएर लडेपछि बसले किचेर रहमानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजरमा प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए।

रहमान चढेको को ४ प २०९८ नम्बरको मोटरसाइलले बसलाई अभरटेक गरी अगाडि बढ्न खोज्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अर्का मोटरसाइकल चालक आरजु कुमार राई घाइते भएका छन्। उनको गोलबजारको स्थानीय हस्पिटलमा उपचार भइरहेको र बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।श्रोत नेपालखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*