घरमा आगलागी हुँदा ११ वर्षीय बालकको मृत्यु

निरन्तर न्यूज
२१ फाल्गुन २०७६, बुधबार १३:००

काठमाडौं । सल्यानको सिद्धकुमाख गाउँपालिका-१ बाझकाडा बस्ने रत्नबहादुर बुढाथोकीको घरमा आगलागी हुँदा उनका ११ वर्षीय छोरा दुर्गाबहादुरको जलेर मृत्यु भएको छ।

आगलागी मङ्‌गलबार राति भएको हो। आगलागीको कारण खुलेको छैन। क्षतिको एकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ।

यसैगरी दाङको बङ्‌गलाचुली गाउँपालिका-२ टाकुरा बस्ने २७ वर्षीय दिलबहादुर बुढाको घर र गोठमा मङ्‌गलबार राति नै आगलागी भएको छ। आगालागीबाट उनको घर र गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ।

प्रहरीका अनुसार आगलागीबाट करिब ५ लाख ९८ हजार ५ सय रूपैयाँ बराबरको धनमाल खरानी भएको छ।

आगो स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*