मेघ गर्जनसहित पहाडी भेगमा पानी पर्ने सम्भावना

निरन्तर न्यूज
२१ फाल्गुन २०७६, बुधबार १०:१७

काठमाडौं। आज (बुधबार)पहाडी भेगका केहि स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज पहाडी भेगको एक–दुई ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिएकी छन् । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने उनले बताएकी छन् ।

पश्चिमी वायु अझै फैलिने भएकाले बिहीबार आजको भन्दा धेरै पानी पर्ने उनको अनुमान छ । प्रि–मनसुन शुरु भइसकेकाले बिहान मौसम खुले पनि दिउँसोपछि हुरीबतास चलेर बेलुकीतिर चट्याङसहित पानी पर्नु स्वभाविक हुने पनि उनले बताएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*