मकवानपुर प्रहरीले ६ किलो सुन पक्रियो

निरन्तर न्यूज
२० फाल्गुन २०७६, मंगलवार १५:५१

हेटौंडा । मकवानपुर प्रहरीले ठुलो परिमाणमा सुन गिरोह पक्राउ गर्न सफल भएको छ । आज पत्रकार सम्मेलन गदै मकवानपुर प्रहरीले सुन तस्करीमा संलग्न भारत कर्नाटक बस्ने ४२ वर्षका अब्दुल मजिज अनेकल सार्वजनिक गरेको हो ।

बिहान हेटौंडा १५ स्थित रातोमाटेमा काठमाडौंबाट विरगंज तर्फ जाँदै गरेको यात्रुबाहक रात्री बसलाई चेकजाँचका क्रममा अब्दुलालाई ६ किलो २८९ ग्राम,३५० मिलि ग्राम सुन सहित पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बताएका छन्।अब्दुलले उक्त परिणामको सुन फलामको बेरुङगमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*