सडकमै फायरिङ गर्ने युवक पक्राउ

निरन्तर न्यूज
२० फाल्गुन २०७६, मंगलवार १४:२६

नयाँदिल्ली । दिल्लीमा भएको हिंसाका दौरान सडकमा फायरिङ गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । दिल्ली प्रहरीले शाहरुख नाम गरेका ती युवालाई उत्तर प्रदेशको शामलीबाट पक्राउ गरेको हो ।

घटनाबारे जानकारी दिन दिल्ली प्रहरीले दिउँसो साढे ३ बजे पत्रकार सम्मेलन गर्ने भएको छ । दिल्लीमा फेब्रुअरी २३–२५ सम्म भएको हिंसाका कारण ४८ जनाको मृत्यु भएको थियो । दुई सयभन्दा बढी मानिस घाइते भएका थिए ।

दिल्लीमा भएको हिंसामा संलग्न रहेको आशंका प्रहरीले एक हजारभन्दा बढीलाई त्रफाउ गरिसकेको छ । प्रहरीले ती सय ५० भन्दा बढी प्रदर्शनकारीविरुद्ध ‘एफआईआर’ दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।श्रोत १२खरी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*