जनता उद्यमशिल बनाउने अभियानमा हेटाैँडा उपमहानगरपालिका

निरन्तर न्यूज
२० फाल्गुन २०७६, मंगलवार ११:०१

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा २ सय ६५ जनालाई उद्यमशिल वनाउन लागेको छ । विभीन्न खालका तालिम मात्र दिने भन्दा पनि उनीहरुलाई रोजगारी दिलाएर काम गर्नेगरी तालिम दिएको हो । तालिम लिएर प्रमाणपत्र लिने भन्दा पनि काम पनि गर्नेगरी यो कार्यक्रम सुरु गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

एकल महिलालाई लक्षित गरी होमस्टे, मोबाइल मर्मत, सेनेटरी प्याड निर्माण, काष्ठकला, अटो मर्मत मेकानिक्स, फाइवर झोला निर्माण, एकीकृत इलेक्टिक, खाजा उद्यम तालीम कार्यक्रमहरु संचालन गरिएको छ ।

परियोजना अन्तर्गत कृषि तर्फ कागती खेती, कफी खेती, केरा खेती, अर्गानिक टनेल खेती, मेवा खेती, फुल खेतीका कार्यक्रम गर्न लागिएको छ । यस कार्यक्रम अन्तरगत अन्तर्गत कुल २६५ जनालाई उद्यमशिलता तालीम पश्चात प्रयोगात्मक तालीम दिई उद्यम समूह दर्ता गरी व्यवसायिक रुपमा उद्यम शुरु गर्न प्रविधि सहयोगका कार्य अघि बढाइएको मेयर महतले वताउनुभयो ।

त्यसैगरी सोही परियोजना अन्तर्गत विपन्न तथा एकल महिलालाई लक्षित गरी होमस्टे, मोबाइल मर्मत, सेनेटरी प्याड निर्माण, काष्ठकला, अटो मर्मत मेकानिक्स, फाइवर झोला निर्माण, एकीकृत इलेक्टिक, खाजा उद्यम तालीम कार्यक्रमहरु संचालन गरिएको छ । यसबाट कुल एक सय जना सहभागीहरुले उद्यमशिलता तालीम, सीपको तालीम पूरा गरी उद्यम समूह दर्ता र उद्यम शुरु गर्नको लागि प्रविधि सहयोगको कार्य अघि बढाइएको छ ।

कृषि वस्तु उत्पादनको बजारीकरण तथा उपभोक्तालाई सुपथ मूल्यमा कृषि उपज उपलब्ध गराउन यसै बर्ष भित्र आधुनिक कृषि थोक बजारकेन्द्र स्थापनाका लागि प्रदेश मन्त्रालय मार्फत लागत अनुमान तयार भई टेण्डर आव्हानको चरणमा रहेको छ ।

कृषि उपज उत्पादनलाई मूल्य श्रृंखला विकासमा जोड दिनका लागि फलफुल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजनासंग सम्झौता भई २ स्थानहरुमा कार्यक्रम संचालन गरिएको मेयर महतले वताउनुभयो । कृषि उत्पादन प्रवद्र्धन अन्तर्गत बिज वृद्धि कार्यका लागि बीउ आलु उत्पादन कार्यक्रम, अनुदानमा तरकारी तथा खाद्यान्नको बीउ तथा मिनी किट वितरण कार्यक्रम संचालन गरिएको छ ।

कृषि इन्जिनियरिङ्ग अन्तर्गत पावर टिलर, हाते ट्याक्टर, धान काट्ने मेशिन, घांस काट्ने मेशिन वितरण, साना सिंचाई, पोलिहाउस निर्माण जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ । पशु सेवा अन्तर्गत नगरका चार वटा पशु सेवा केन्द्रहरुमार्फत पशु स्वास्थ्य सेवा प्रदान गरिंदै आइरहेको, निःशुल्क पशु कृत्रिम गर्भाधान सेवा, पशु बिमामा ५० प्रतिशत अनुदान कार्यक्रम संचालन गरिएको छ । जनपत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*