करेन्ट लागेर एक जनाको मृत्यु

निरन्तर न्यूज
१९ फाल्गुन २०७६, सोमबार १४:४०

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–६ डढुवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बत्ती बनाउन पोलमा चढ्दा करेन्ट लागेर डढुवाका २६ बर्षीय पबन राईको मृत्यु भएको हो ।

गएराति करिब १० बजे राईको घरमा करेन्ट नआएपछि पोलमा चढेर बत्ती बनाउने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो ।

उपचारकै क्रममा राति करिब ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*