ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

निरन्तर न्यूज
१९ फाल्गुन २०७६, सोमबार १०:३०

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ दैलेखी चोकस्थित बजारबाट एयरपोर्ट जाँदै गरेको भे १ त ८१७६ नं.को खाली ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको भे ३ प ७४२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

आइतबार साढे सात बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले राससलाई जानकारी दिए । उक्त दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत खजुराका ३३ वर्षीय यमबहादुर विक र ३२ वर्षीय खगेन्द्र विकको उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

उनका अनुसार मोटरसाइकलमा चालकसहित तीनजना सवार थिए । गम्भीर घाइते वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका २५ वर्षीय तुलबहादुर राम्जालीको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक रावलले बताए । ट्र्याक्टर चालक भेरीगङ्गा नगरपालिका–५ सुर्खेतका गोपी बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*