प्रि-मनसुन शुरू, तिन महिनासम्म हावाहुरी र चट्याङको डर

निरन्तर न्यूज
१९ फाल्गुन २०७६, सोमबार १०:१९

काठमाडौं । नेपालमा प्रि–मनसुन शुरु भएको छ । मार्च महिनादेखि मे महिनासम्मलाई प्रिमनसुनको समय भनिन्छ ।

प्रिमनसुनमा मेघगर्जनसहित वर्षा हुनेछ । मार्च, अप्रिल र मे महिनामा मेघगर्जनसहित वर्षा हुनुका साथै हावाहुरी चल्छ । प्रिमनसुनमा स्थानीय वायुको प्रभाव बढ्दै जाने मौसमविद बताउँछन् ।

स्थानीय वायुको प्रभावका कारण यो समयमा एक ठाउँमा पानी परे पनि नजिकै पानी नपर्न पनि सक्छ । प्रिमनसुनमा दिनभर घाम लाग्ने र दिउँसो पछि पहाडी क्षेत्रमा हावाहुरी र चट्याङसहित वर्षा हुनेछ ।

प्रिमनसुनको समयमा आगलागीका घटना पनि बढ्ने हुँदा सावधानी अपनाउन पनि मौसमविद्ले सुझाव दिएका छन् ।

यसपालिको हिउँदमा पर्याप्त पानी परेको छ । मौसमविदका अनुसार पोहोर परार हिउँदको अन्त्यतिर मात्रै वर्षा हुन्थ्यो भने यसपालि हिउँद लागेदेखि नै वर्षा भईरहेको छ । यो वर्षाले फलफूल र कृषिबालीलाई फाइदा पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*