चोरीको आरोप लगाएको भन्दै छिमेकीलाई छुरा प्रहार गरी हत्या

निरन्तर न्यूज
१८ फाल्गुन २०७६, आईतवार १६:५६

रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा २ जमुनियामा सामान्य बिवादका कारण एकजनाले आफ्नै छिमेकीलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेका छन् ।

पानी तान्ने मोटर चोरेको विषयमा विवाद भएको थियो । सोही घटनामा आफ्नो नाम लगाएको भन्दै कटहरिया नगरपालिका २ जमुनियाका २५ बर्षीय मुस्ताक आलमले छिमेकी २० बर्षीय अब्दुल खैरको पेटमा छुरा हानेर हत्या गरेका प्रहरीले जनाएको छ । दुईदिन अघि मृतक अब्दुल खैरको खेतबाट पानी तान्ने मोटर चोरी भएको थियो ।

मोटर चोरी गर्नेमा हत्याका आरोपी आलमको नाउ आएको थियो । मोटर चोरीमा नाम लगाउने बिषय लिएर शुक्रबार राति ८ बजे दुवैजनाबीच कुटपिट भएको र सोही क्रममा खैरको हत्या भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक नविन कार्कीले जानकारी दिए ।

घटना लगत्तै ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोको नेतृत्वमा गएको प्रहरी टोलीले घटनाको झण्डै २ घन्टापछि हत्याका आरोपी आलमलाई गुजरा नगरपालिका ६ खतवहिया गाँउबाट राती ११ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*