अटोको ठक्करबाट घाइते भएका चौरसियाको मृत्यु

निरन्तर न्यूज
१८ फाल्गुन २०७६, आईतवार १४:०२

वीरगञ्ज । वीरगञ्जमा अटोको ठक्करबाट घाइते एक व्यक्तिको मृत्यु भएको छ । वीरगञ्ज–१६ नगवा बस्ने अन्दाजी ४५ वर्षीय मनोजकुमार चौरसियाको मृत्यु भएको हो । वीरगञ्ज पानीट्याङ्की स्थित न्युरो अस्पतालमा उपचारको क्रममा आइतबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गत फागुन १४ गते बेलुका सवा ७ बजेतिर चौरसियालाई वीरगञ्ज–१६ नगवास्थित बाइपास सडक खण्डमा नम्बर नखुलेको अटो रिक्साले ठक्कर दिएको थियो । नारायणी अस्पतालमा उपचारपछि उनलाई थप उपचारका लागि न्युरो अस्पतालमा पठाइएको थियो ।

प्रहरीले दुर्घटनामा संलग्न ना ३ स ४९३ नम्बरका मालबाहक अटोसहित बारा बिश्रामपुर गाउँपालिका–५ बरैनिया टोल बस्ने २८ बर्षिय बिनोद महतो कोइरी र २० वर्षीय कन्हैया महतो कोरीलाई पक्राउ गरिसकेको छ ।

उनीहरुलाई घटनाको दुई दिनपछि वीरगञ्ज महानगरपालिका–१६ नगवाबाटै नियन्त्रणमा लिएको थियो । उनीहरु विरुद्ध थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाईने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी विरेन्द्र शाहीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*