अमेरिकामा ६ वर्षीया बालिका पक्राउ ! सामाजिक सञ्जालमा आक्रोश (भिडियोसहित)

निरन्तर न्यूज
१६ फाल्गुन २०७६, शुक्रबार १४:४३

एजेन्सी– यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ। यो भिडियो ६ वर्षीया एक बालिकाको हो। जसलाई अमेरिकाको फ्लोरिडामा स्कुलबाट पक्राउ गरिएको थियो।

६ वर्षीया ती बालिकालाई स्कुलमा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। पक्राउपछि भिडियोमा ती बालिका रोइरहेको देखिन्छ।

ती बालिकाको गिरफ्तारी सन् २०१९ को सेप्टेम्बर १९ मा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बालिकामाथि फ्लोरिडाको ओरल्याण्ड स्कुलमा अक्रामक व्यवहार देखाएको आरोप छ।

यो भिडियो ओरल्याण्ड स्कुलका सेक्युरिटी आफिसर डेनिस टर्नरको शरीरमा जोडिएको क्यामेराबाट खिचिएको हो। स्कुल प्रशासनले ती बालिकले क्लासमै खराव व्यवहार प्रदर्शन गर्ने गरेको बताएको छ।

https://twitter.com/KerrrryC/status/1232343876104384512?s=20

यो घटना गत सेप्टेम्बरको हो। ती बालिकाका परिवारका सदस्यले उक्त भिडियो केही दिनअघि मात्र फेला पारेका थिए। उनीहरुले त्यसपछि उक्त भिडियो सार्वजनिक गरेका हुन्।

उक्त भिडियोले सामाजिक सञ्जालमा तरंग पैदा गरिदिएको छ। एक नाबालिकामाथि गरिएको उक्त व्यवहारको चौतर्फी आलोचना भएको छ। मानिसहरुले सामाजिक सञ्जालमा प्रहरीमाथि आक्रोश व्यक्त गरेका छन्।

बालिकालाई पक्राउ गर्ने प्रहरीलाई ओरल्याण्ड प्रहरीले निष्कासन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उक्त सेक्युरिटी अफिसरले नियम उल्लंघन गरेको अधिकारीहरुकाे भनाइ छ।श्रोत देश सञ्चार

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*