हेटौंडामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

निरन्तर न्यूज
१६ फाल्गुन २०७६, शुक्रबार ०८:०३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित पूर्वपश्चिम सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहिबार दिउँसो पथलैयाबाट हेटौैंडातर्फ आउँदै गरेको ना ४३ प १५१७ नम्बरको मोटरसाइकल र ना ४६ प २८११ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएको थियो । दुर्घटनामा परी ना ४३ प १५१७ नम्बरको मोटरसाइकल चालक बीरगञ्ज महानगरपालिका–२३ बस्ने ३० वर्षीय अफताव आलम पुनसारीको ज्यान गएको हो ।

दुर्घटनाबाट गम्भिर घाइते हुनु भएको आलमको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटनाबाट अन्य तीन जना घाइते हुनु भएको छ ।

मृतक आलमको श्रीमती २८ वर्षीया यमामुन पुनसारी, ना ४६ प २८११ नम्बरको मोटरसाइकल चालक ४५ वर्षीय अबर मैनाली र सोही मोटरसाइकलमा सवार रमेश उप्रेती घाइते हुनु भएको छ ।

मकवानपुर प्रहरीले दिएको जानकारी अनुसार घाइते महिला पुनसारीको चुरेहिल अस्पताल तथा मैनाली र उप्रेतीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*