सालक पार्क परिसरकाे महायज्ञमा ८६ लाख ५० हजार रुपैंया संकलन
हेटौंडा । हेटौंडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले आफ्नो ३० औं बार्षिकोत्सव मनाएको छ । हेटौंडा–१७ मा रहेको सालक पार्क परिसरमा बार्षिकोत्सव कार्यक्रम भएको थियो । वन समूहद्वारा संचालित श्रीमदभागवत ज्ञान महायज्ञको हिसाव सार्वजनिककरण तथा सम्मान कार्यक्रम समेत गरेका थियो ।
कार्यक्रममा महायज्ञ सफल गर्न सहयोग गर्ने जनप्रतिनिधि, संचारकर्मी, विभिन्न उपसमितिका संयोजक, सदस्य, संघसंस्था लगायतलाई सम्मान गरिएको थियो ।कार्यक्रममा महायज्ञमा ८६ लाख ५० हजार रुपैंया आर्थिक संकलन भएको थियो । जसमध्ये नगद संकलन ३३ लाख ४५ हजार र जिन्सी संकलन ५३ लाख ५ हजार रुपैँया संकलन भएको आर्थिक समितिका संयोजक एवं वन समूहका कोषाध्यक्ष राजन चौलागाईले बताए । महायज्ञमा १९ लाख २५ हजार रुपैँया खर्च भएको चौलागाईले बताएका छन्, ।
कार्यक्रममा मकवानपुरगढी वडा नम्बर २ का वडा अध्यक्ष बखानसिंह पाख्रिनको प्रमुख आतिथ्यता एवं समूहका अध्यक्ष एवं महायज्ञ मूल समारोह समितिका अध्यक्ष अर्जुनप्रसाद दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, हेटौंडा–१७ का वडा सदस्य टिकाप्रसाद तिमल्सिना र भीमप्रसाद अधिकारी, सव–डिभिजन वन कार्यालय हर्नामाडीका प्रमुख गोविन्द अर्याल, वन समूहकी उपाध्यक्ष कल्पना पराजुली, कार्यालय सचिव केदार गौतम, लगायतले आफ्नो भनाई राखेका थिए ।