घरभित्रै श्रीमान्-श्रीमतीको मृत भेटिएपछि…

निरन्तर न्यूज
१५ फाल्गुन २०७६, बिहीबार १६:४८

धनगढी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुरमा एक दम्पति घरभित्रै मृत भेटिएका छन्।

५२ वर्षीय जयलला भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारी घर भित्रै अलग अलग कोठामा मृत भेटिएका हुन्।

बुधबार देखि नै बन्द रहेको घर बिहीबार दिउँसो मात्र एक जना स्थानीय त्यस घरमा दूध पुराउन आएपछि घटनाबारे थाहा भएको थियो।

दूध लिएर आएकाले घरभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार दुवैजनाको शव घरको अलग अलग कोठामा भेटिएको छ।

श्रीमतीको घाँटीबाट रगत आएको देखिएकाले हत्या आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। अहिले प्रहरीले घटनास्थल सिल गरेर आवश्यक अनुसन्धान शुरु गरेको छ।

अहिले इलाका प्रहरी कार्यालय झलारी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली घटनास्थलमा पुगेको छ। कुकुर सहितको प्रहरी टोली पनि धनगढीबाट घटनास्थल तर्फ गएको प्रहरीले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*