मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

निरन्तर न्यूज
१५ फाल्गुन २०७६, बिहीबार १५:५७

काठमाडौं । पर्सामा सेलर मिलको फित्तामा बेरिएर बिहीबार एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धोविनी गाउँपालिका-३ हरिहरपुर बस्ने करिब ४२ वर्षीया ललितादेवी ठाकुर रहेकी छन् ।

आफ्नै घरमा सञ्चालित मिलमा धान कुटाउने क्रममा बिहान करिब १०:१५ बजेको समयमा आफैले लगाएको सारी अचानक मिलको फित्तामा बेरिन पुग्दा उनको घट्नास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*