हेटौँडा उपमहानगरपालिकाकाे छैठौं नगरसभा सम्पन्न

निरन्तर न्यूज
१५ फाल्गुन २०७६, बिहीबार १५:२३

हेटौँडा । आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम एवं बजेट समिक्ष सहितको संशोधन बजेट प्रस्तुत गर्दै  हेटौँडा उपमहानगरपालिकाकाे छैठौं नगरसभा सम्पन्न भएकाे छ ।

हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले तेश्रो नगरसभा मार्फत २०७५र०७६ को लागि वार्षिक वजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन ।त्यसैगरी सभाले उपमहानगरपालिकाको २ अर्ब ८ करोड ५४ लाख ४१ हजार बराबरको बजेट पास गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतको सभाध्यक्षतामा भएको नगरसभामा सदस्यलेहरुले उपमहानगरको विभिन्न निति तथा योजनाको बारेमा छलछल गरिएको थियो ।

सभामा मार्फत उपमहानगरपालिकाले हेटौँडा नगर र मुख्य बजारका बढेको सवारी चाप र यात्रुहरुलाई बाटो काटन समस्या भएको भन्दै त्यसको न्युनिकरणका लागि आकाशे पुलको निर्माणको योजना समेत प्रस्तुत गरिएको थियो भने छलफलबाट उठेका प्रश्नको नगर प्रमुख महतले जवाफ दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*