फेवातालमा बेपत्ता भएका सुमितको शव फेला

निरन्तर न्यूज
१४ फाल्गुन २०७६, बुधबार १२:२३

काठमाडौँ । पोखराको फेवातालमा सोमबारदेखि बेपत्ता भएका २७ वर्षिय सुमित भन्ने राम शरण लुईटेलको शव फेला परेका छन् ।फेवातालमा डुङगा डुब्दा वेपत्ता रहेका काठमाण्डौ महानगरपालिका १० कपनका २७ वर्षिय सुमित भन्ने राम शरण लुईटेलको शव फेला परेका हुन् ।

गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिईगएको उद्दार टोलिले खोजतलासका क्रममा फेवातालमा मंगलबार शव फेला परेका हुन् ।

डुङ्गामा सवार ३ जना मध्य जिल्ला काठमाण्डौ महनागरपालिका १० कपन बस्ने वर्ष २७ को सुविन चालिसे र २८ बर्षिय रुपेश अधिकारीको सोमबार शकुसल उद्दार भएको थियो ।

प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*