अब ढुक्कसँग बत्ति बाल्नुस, जति बाल्यो उति कम महसुल

निरन्तर न्यूज
१४ फाल्गुन २०७६, बुधबार ०८:२६

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले उपभोक्ताका लागि विद्युत महसुल दरमा परिवर्तन गर्ने निर्णय गरको छ। प्राधिकरण सञ्चाक समितिले महसुल दर परिवर्तन गर्ने निर्णय गरेको हो।

उपभोक्ताले जति बढी विद्युत उपभोग गर्‍यो, उति कम महसुल लाग्ने गरी दर निर्धारण गरिएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताएका छन्। उनका अनुसार सो व्यवस्था तागू भएसँगै उपभोक्ताले बढी भन्दा बढी विद्युत खपत गर्ने प्राधिकरणको विश्वास छ।

प्रबन्धक निर्देशक घिसिङ भन्छन्, ‘अब विद्युत खपत गर्न नडराउनुस उपभोक्ताले जति बढी विद्युत खपत गर्छन्, उति नै सस्तो शुल्क तिर्नु पर्नेछ।’ स्वदेश मै विद्युत उत्पादन हुने भएपछि जनतालाई निर्धक्क रुपमा विद्युत खपत गर्न आग्रह गरेको उनले बताए। गार्हस्थ्य उपभोक्तालाई विद्युत खपत बढी गराउन प्रेरित गर्ने गरी नयाँ महसुल दर तय गर्न लागिएको उनले बताए।

प्राधिकरणको हालको विद्युत महसुल दर अनुसार उपभोक्ताले जति बढी विद्युत महसुल उपभोग गर्‍यो, उति महँगो दर हुने व्यवस्था छ। आउँदो वर्षदखि बर्षायाममा खपत भन्दा बढी विद्युत उत्पादन हुने अनुमानसहित प्राधिकरणले विद्युत खपत बढाउने योजना गरेको हो।

यस्तै, प्राधिकरणले घरायसी उपभोक्ताका लागि ० देखि १०, ११ देखि २०, २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १ सय, १ सय १ देखि १ सय ५० र १ सय ५० देखि २ सय र २ सयदेखि ४ सय युनिटसम्म विद्युत खपत गर्नेलाई वर्गीकरण गरी नयाँ शुल्क निर्धारणको सिफारिस गरेको हो।

हाल नेपालमा १० युनिटसम्म विद्युत खपत गर्नेको संख्या करिब दश लाख रहेको प्राधिकरणले जनाएको छ। श्राेत : नागरिक (भिडियाे समेत)

अब ढुक्कसँग बत्ति बाल्नुस, जति बाल्यो उति कम महसुल

अब ढुक्कसँग बत्ति बाल्नुस, जति बाल्यो उति कम महसुलसम्बन्धित समाचार यो लिंकमा पढ्न सक्नुहुन्छ:https://nagariknews.nagariknetwork.com/news/114609/

Gepostet von NagarikNews am Mittwoch, 29. Januar 2020

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*