नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु

निरन्तर न्यूज
१३ फाल्गुन २०७६, मंगलवार १२:०४

दाङ । नम्बर नखुलेको गाडीको ठक्करबाट दाङमा एकजनाको मृत्यु भएको छ।

सोमबार राति राप्ती गाउँपालिका–३ मसुरीयामा सोही ठाउँ बस्ने ४९ वर्षे लोकमणि पाण्डेको नम्बर नखुलेको गाडीको ठक्करबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक गंगाबहादुर सारूले जानकारी दिएका छन् ।

घटना भए लगत्तै प्रहरी त्यहाँ पुगेको थियो। तर, गाडीको पहिचान हुन सकेको छैन। शव अहिले लमही अस्पतालमा राखिएको छ। ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*