मौसमविद् भन्छन्- अब दिनहुँजसो चट्याङसहित वर्षा

निरन्तर न्यूज
१३ फाल्गुन २०७६, मंगलवार १०:२८

काठमाडौं । केहि दिन यता देशका विभिन्न भागमा चट्याङसहित हुँदै आएको वर्षाले आज (मंगलबार) पनि निरन्तरता पाउने भएको छ ।

प्रि मनसनुन गतिविधि सुरु भएकाले अब देशका विभिन्न ठाउँमा दिनहुँजसो चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले नेपाल समयलाई जानकारी दिए ।

उनका अनुसार आज (मंगलबार)र भोलि (बुधबार) देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यून चापीय प्रणालीको असरले मध्य र पूर्वको धेरै तथा पश्चिमको पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगको थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना रहेको उनले जानकारी दिए ।

अहिले पोखरादेखि पश्चिमका क्षेत्रमा वर्षा भइराखेको छ । खासगरी नेपालगन्ज, सुर्खेत, दाङलगायतका क्षेत्रमा वर्षा भइरहेको उनले बताए ।

काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रमा भने दिउँसो २ र ३ बजेपछि मौसम बद्लिभइ वर्षा हुने सम्भावन रहेको मौसमविद् पौडेलले जानकारी दिए ।

यस्तै दिउँसोपछि केही ठाउँमा हावाहुरी पनि चल्ने देखिएको छ भने केहि ठाउँमा चट्याङ पनि पर्ने सम्भावना रहेको उनको अनुमान छ । उनका अनुसार यो क्रम भोलि (बुधबार) पनि जारी रहने छ ।

बिहीबार र शुक्रबार मौसम सफा हुनेछ भने शनिबार र आइतबार पुनः चट्याङसहित वर्षाको सम्भावना रहेको छ । प्रि मनसनुन गतिविधि सुरु भएकाले यस्तो क्रम चलिरहने उनले बताए ।श्रोत नेपाल समय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*