प्रदेश मन्त्रीले मागे प्रधानमन्त्रीको राजिनामा

निरन्तर न्यूज
१३ फाल्गुन २०७६, मंगलवार ०६:०९

जनकपुर । आफ्नाे जन्मदिनमा अखण्ड र स्वतन्त्र मुलुक नेपालको नक्सा बनाइएको केक काटेर देशको अपमान गर्ने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने प्रदेश २ का मन्त्री आन्तरीक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले माग गरेका छन् ।

यादवले देशको अपमान हुनेगरि केकमा नेपालको नक्सा बनाएर टुक्राटुक्रा गर्ने प्रधानमन्त्रीले नैतिकताको अधारमा राजीनामा दिनुपर्ने जिकिर गरे । उनले केक प्रकरणबाट प्रधानमन्त्री केपी शर्मा ओलीको खोक्रो राष्ट्रवाद उदाङ्गो भएको उल्लेख गरे । भने, ‘नेपाल एक स्वतन्त्र र अखण्ड मुलुक हो, तर देशको प्रमुख कार्यकारी पदमा बस्ने व्यक्तिबाट यस्तो क्रियाकलाप हुनु देशकै अपमान हो ।’

धनुषाको मिथिला विहारी नगरपालिकामा सोमबार समाजवादी पार्टीको कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री यादवले गोकुल बाँस्कोटाको अडियो प्रकरणमा पनि ओलीको संलग्नता हुनसक्ने भन्दै उनले राजिनामा दिएर छानबिनमा सघाउनु पर्ने बताए ।

यादवले अर्काे प्रसंगमा समाजवादी पार्टी र राजपा नेपालबीच एकता प्रक्रिया चाँडै पुरा हुने उल्लेख गर्दै भने, ‘संविधान संसोधनका लागि जनदवाव सृजना गर्न यी दुई पार्टीको एकता आवश्यक छ ।’ श्रोत : नयाँपत्रीका

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*