कांग्रेस नेता न्यौपानेको मन्दिरलाई सहयोग

निरन्तर न्यूज
१३ फाल्गुन २०७६, मंगलवार ०५:३६

हेटौँडा। नेपाली कांग्रेसका नेता शंकर न्यौपानेले मनहरीको वडा नम्बर ४ मसिनेमा रहेको पशुपतिनाथको मन्दिरका लागि एकलाख रुपैयाँ सहयोग गरेका छन् ।
गत स्थानीय तहको निर्वाचनको समयमा कांग्रेसको तर्फबाट मनहरी गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका न्यौपानेले उक्त समयमा गरेको सहयोगको प्रतिबद्धता अनुरुप एकलाख सहयोग  गरेका हुन् ।न्यौपानेले उक्त रकमको चेक पशुपतिनाथ मन्दिर व्यवस्थापन समिति मसिनेका अध्यक्ष शारदा बिडारीलाई सोमबार एक कार्यक्रमकाबीच  हस्तान्तरण गरेका छन ।

आफुले निर्वाचनको समयमा  सहयोग गर्छु भनि प्रतिबद्धता जनाए अनुसारनै उक्त रकम मन्दिरलाई सहयोग गरेको बताए ।“चुनाव हार्नु र जित्नु फरक पाटो हो तर बोलेका कुरा पूरा गर्नुपर्छ भन्ने मेरो मान्यता हो”न्यौपानेले बताए ।

त्यसैगरी मसिनमै रहेको पशुपतिनाथ माविका विद्यार्थीहरुले सञ्चालन गरिरहेको महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्र निर्माणमा १ रुपैयाँ सहयोग संकलन अभियानका लागि न्यौपानेले १० हजार रुपैयाँ नगद सहयोग गरेका छन् । तामाङ एग्रीग्रेट क्रसर उद्योगको तर्फबाट यो अभियानका लागि १० हजार सहयोग गरिएको हो । न्यौपाने तामाङ एग्रीग्रेटका सञ्चालक समेत रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*