प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने ६ जना पक्राउ

निरन्तर न्यूज
१२ फाल्गुन २०७६, सोमबार १७:०९

पोखरा । प्रधानमन्त्री केपी ओलीलाई कालो झन्डा देखाउ‍ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।कालोझन्डा देखाउन तयारी अवस्थामा रहेका उनीहरुलाई पोखरा एयरपोर्ट नजिकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा समाजवादी निकट विद्यार्थी नेत्र चापागाईंसहित ४ जना र २ जना नेविसंघ समर्थित छन्। प्रधानमन्त्री ओली कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आएका हुन्।

जन्म दिन मनाउन आइतबार गृहजिल्ला तेह्रथुमको आठराई पुगेका प्रधानमन्त्री ओली सोमबार बिहान पोखरा आएका हुन्। आजै बिहान ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।श्रोत अन्नपूर्ण पोस्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*