पृथ्वी चेप्टो छ भनी साबित गर्न खोज्ने व्यक्तिको रकेट दुर्घटनामा मृत्यु (भिडियो)

निरन्तर न्यूज
१२ फाल्गुन २०७६, सोमबार १६:२५

काठमाडौं । पृथ्वी गोलो नभई चेप्टो छ भन्ने कुरा साबित गर्नका लागि एक अमेरिकी अन्तरिक्षयात्रीको शनिवार आफैंले बनाएको रकेट दुर्घटना भएपछि मृत्यु भएको छ ।

उनको रकेट आकाशमा त पुग्यो तर माथि जानेबित्तिकै विस्फोट भयो । माइक ह्युजेज नामक ती अन्तरिक्षयात्रीको मृत्यु विस्फोटमा भयो ।

घटनाको जानकारी साइन्स च्यानलले ट्विटरमा दिएको हो । ट्वीटमा लेखिएको छ, ‘ह्युजेज पहिलेदेखि नै अन्तरिक्षमा रकेट प्रक्षेपण गर्न चाहन्थे ।’

उनी लिमोजिन डीका चालक पनि थिए । सन् २००२ मा उनले आफ्नो लिमोजिन कारलाई १०३ फीटमाथिबाट जम्प गराएर विश्व कीर्तिमान बनाएका थिए ।

घटनाको भिडियोमा रकेट माथि जाँदा प्याराशूट फाटेको देखिन्छ । बाफबाट उड्ने रकेट माथि त गयो तर १० सेकेन्डमै पृथ्वीमा खस्यो । मरुभूमिमा खसिरहेको रकेटको अनौठो आवाज पनि सुनिन्छ । प्रत्यक्षदर्शीहरूका अनुसार, प्रक्षेपणका बेलामा रकेट कुनै कुरामा ठोकियो र प्याराशूट च्यातियो । दुर्घटनाको कारण त्यही भएको मानिएको छ ।श्रोत लोकान्तर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*