श्रीमतीसँग आपत्तिजनक अवस्थामा देखेपछि छोराले गरे आफ्नै बाबुको हत्या

निरन्तर न्यूज
११ फाल्गुन २०७६, आईतवार १६:४३

रौतहट । रौतहटका एक युवा आफ्नै बाबुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । प्रहरीले बाबुको हत्या आरोपमा २५ वर्षका राजकुमार पण्डितलाई पक्राउ गरेको हो ।

उनले हत्या आरोप स्वीकारेका छन् । गत माघ २८ गते रौतहटको दुर्गा भगवती गाउँपालिका–३ पर्सा टोलका ७० वर्षका फेकन पण्डित कुम्हारको सुतिरहेको अवस्थामा हत्या भएको थियो ।

गाईबस्तु बाँध्ने गोठसँगै रहेको छाप्रोमा सुतेका फेकनको अनुहार, टाउको र छातीमा हतौडाले हानिएको, धारिलो हतियारले अनुहार र घाँटी काटिएको अवस्थामा शव भेटिएको थियो ।
आफ्नी श्रीमतीसँग बाबुलाई आपत्तिजनक अवस्थामा देखेपछि रिस थाम्न नसकी हत्या गरेको अभियुक्तले बयानमा बताएको रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिएका छन् ।

राति ३ बजे बाबुको हत्या गरेपछि राजकुमारले पुनः घर आएर कपडा फेरेर गोठमा गएका थिए । उनले बिहान ५ बजे बाबुको हत्या भएको भन्दै गाउँले र प्रहरीलाई खबर गरेका थिए ।
पक्राउ परेका पण्डितलाई मुलुकी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसुर अन्तर्गतको मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*