टर्कीमा ५ दशमलब ७ म्याग्‍निच्युडको भूकम्प, ८ जनाको मृत्यु

निरन्तर न्यूज
११ फाल्गुन २०७६, आईतवार १६:११

टर्कीमा शक्तिशाली भूकम्प जाँदा ८ जनाको मृत्यु भएको छ । टर्कीको भान प्रान्तमा आइतबार बिहानै आएको ५ दशमलब ७ म्याग्‍निच्युडको भूकम्पमा अन्य २१ जना घाइते भएको त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।

मृत्यु भएकामध्ये तीन बालबालिका रहेको गृहमन्त्री सुलेमान सोलुले जानकारी दिएको अलजजिराले जनाएको छ । भूकम्पमा एक हजार ६६ भवनहरु भत्किएका छन् ।

गृहमन्त्री सोलुका अनुसार विपद तथा आपतकाल व्यवस्थापन प्राधिकरणले उद्धार सुरु गरिसकेको छ । उनले भने, ‘खोजी तथा उद्धार सुरु भइसकेको छ ।’

भूकम्पले टर्की र इरानको सीमा क्षेत्रमा बढी धक्का दिएको युरोपियन मेडिटेरानियन सिस्मोलोजिकल सेन्टरले जनाएको छ । उक्त भूकम्प ५ किलोमिटर गहिराइमा गएको जनाएको छ ।

टर्किस पब्लिक बोर्डकास्टर टीआरटी वर्ल्डका अनुसार भूकम्पले टर्कीका ४३ गाउँमा क्षति पुर्‍याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*