करेन्ट लागेर एक जनाको मृत्यु

निरन्तर न्यूज
११ फाल्गुन २०७६, आईतवार १२:५१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा करेन्ट लागेर एकजना पैदलयात्रीको घटनास्थलमा मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । बाह्रबिसे नगरपालिका–१ घोर्थलीका पप्पु गुरुङ घाइते भएका छन् ।

शिरिसेस्थित चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो पावर कम्पनीले इन्टरनेटको तार तान्न प्रयोग गरेको फलामे पोल ढलेर विद्युत्को मुख्य प्रशारण लाइनमा परेको थियो । पैदलयात्रीले झुक्किएर पोल छुन पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते गुरुङको बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*