सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्यो, मकवानपुरका थोकरको मृत्यु

निरन्तर न्यूज
११ फाल्गुन २०७६, आईतवार ११:३५

धादिङ । सिमेन्ट बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ ।

आइतबार बिहान ना ५ ख ३७७७ नम्बरको ट्रक त्रिशुलीमा खस्दा चालक बिखे थोकरको मृत्यु भएको छ भने सहचालक राजेश विक घाइते भएका छन् ।

सिमेन्ट बोकेर काठमाडौं तर्फ जाँदै गरेको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिका नौ को ज्यामिरेघाटबाट त्रिशुली नदीमा खसेको ट्राफिक प्रहरी हवल्दार कूलबहादुर महतोले जानकारी दिए ।

ट्रक त्रिशूलीमा खस्दा घाइते भएका मकवानपुर भिमफेदी २ भैसेँका चालक विर्खे थोकरको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते सहचालक सप्तरी रुपनगरका विक भने उपचारपछि घर फर्किएको प्रहरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*