बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार

निरन्तर न्यूज
९ फाल्गुन २०७६, शुक्रबार १४:१८

काठमाडौं । ६ महिनादेखि भारतमा बन्धक बनाई राखिएका २ नेपाली युवतीको गएराति उद्धार गरिएको छ ।

पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगञ्ज जिल्लाको कटरी रोड कम्ताबजारबाट उनीहरुलाई सकुशल उद्धार गरेको हो ।

आफ्ना छोरीलाई बन्धक बनाई राखिएकाले उद्धार गरिदिनु भन्ने युवतीकी आमाको उजुरीका आधारमा उनीहरुलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान पनि चलिरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जनाएको छ । ‘युवती लैजाने राई थरकी महिला र अन्य संलग्नहरूको खोजी भइरहेको छ; उनले भने ।

उद्धार गरिएका युवती नवलपरासीको बर्दघाटका एकै घरका दिदीबहिनी हुन् ।

एक महिलाले पसलमा राम्रो काम लगाइदिने भन्दै प्रलोभनमा पारी भारत लगेको तर त्यहाँ कोठामा बन्धक बनाई शारीरिक, मानसिक तथा आर्थिक यातना दिने, अर्केष्ट्रामा नाच्न लगाउने र घरमा आउनसमेत नदिएपछि उनीहरूले घरमा खबर गरेको युवतीकी आमाले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*