चलचित्र ‘आमा’ हेर्ने आमालाई तीनवटा हलमा फ्रि टिकट

निरन्तर न्यूज
८ फाल्गुन २०७६, बिहीबार १४:५८

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’ले केही हलमा आमालाई लिएर फिल्म हेर्न गए आमाको टिकटको पैसा नलिने जनाएको छ ।

यो अफर सबै हलमा भने लागु हुने छैन । जय नेपाल हलमा बिहान ११ः ४५, क्युज सिनेमामा विहान १०ः ४५ र कुमारी हलमा बिहान साढे ८ बजेको सोमा सन्तानका साथमा जाने आमाको टिकटको पैसा नलिने निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए ।

हस्पिटल ड्रामा चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरी मुख्य भूमिकामा छन् ।

हस्पिटल ड्रामा ‘आमा’ दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशन रहेको छ । चलचित्र ‘आमा’ भोली अल नेपाल रिलिज हुँदैछ ।श्रोत १२ खरी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*