अष्ट्रेलियामा चार हजार फिटमाथि २ बिमान ठोक्किए,चार जनाको मृत्यु
मेलबोर्न । अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ ।
प्रहरीले दुबै बिमानमा एक–एक जना पाइलट र एक–एक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई बिमान म्यान्गालोर शहरमा करिब ४ हजारफिट माथि आकाशमा ठोक्किएका थिए ।
दुबै बिमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । रासस–एएफपी