मुख्यमन्त्री पौडेल र पतञ्जलीका आचार्य बालकृष्णबीच भेटघाट

निरन्तर न्यूज
५ फाल्गुन २०७६, सोमबार ११:११

हेटौंडा । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र आयुर्वेदका ज्ञाता तथा पतञ्जली योगपिठका आचार्य बालकृष्णबीच आज भेटघाट भएको छ । मुख्यमन्त्री कार्यालय हेटौंडामा भएको भेटवार्ताका क्रममा मुख्यमन्त्री पौडेलले नेपालमा जन्मेर आयुर्वेदको क्षेत्रमा विश्वर्चिर्चत बन्न सफल भएकोमा बधाई ज्ञापन गर्दै आचार्य प्रति आफूहरुले गर्वगर्ने गरेको बताउनुभयो ।

पौडेलले आयुर्वेदको विद्वत्वलाई आफ्नो जन्मभूमिको समृद्धिमा समेत प्रयोग गर्न अनुरोध गर्नुभयो । उहाँले बाग्मती प्रदेश सरकार प्रदेशको जडिबुटीहरुको अध्ययन अनुसन्धान गरेर त्यसबाट लाभलिन इच्छुक रहेको बताउँदै त्यसका लागि वातावरण निर्माण गर्न तयार रहेकोले लगानी भित्र्याउन अनुरोध गर्नुभयो । “तपाईहरुलाई आवश्यक पर्ने पूर्वाधार निर्माण गर्न र आवश्यक आधारहरु तयार पार्न हामी तयार छौं, तपाईले प्राविधिक र अन्य सहयोग गर्नु प¥यो” मुख्यमन्त्री पौडेलले भन्नुभयो ।

जवाफमा आचार्य बालकृष्णले नेपालमा रहेका बहुमुल्य जडीबुटीहरु अन्यत्रबाटै किनेर त्यसबाट आफूहरुले दवाई बनाएर नेपालमा नै पठाइरहेको बताउदै नेपालमै उद्योग वा प्रशोधन केन्द्रहरु खोल्न सके देशले बढी आम्दानी गर्न सक्ने उल्लेख गर्नुभयो । उहाँले नेपालका बहुमुल्य जडिबुटीहरुको अवैज्ञानिक दोहन भइरहेको समेत बताउनुभयो ।

जडिबुटी उखेल्ने काम भएको तर त्यसको बदलामा वृक्षारोपण वा त्यसको वृद्धि विकासका कुनैपनि काम नभएको उहाँको भनाई थियो । त्यसो हुँदा अघिल्लो वर्ष प्रशस्त पाइरहेको जडिबुटीहरु अर्को वर्ष कम र अझ अर्को वर्ष झन झन कम हुँदै गएको पाइएकोले त्यसतर्फ बेलैमा सोच्न जरुरी रहेको उहाँको धारणा थियो । नेपालमा उद्योग स्थापना र रञ्चालन गर्दा नेपालका बहुमुल्य जडिबुटीको लाभ स्वदेशमै हुन्छ भन्दै पतञ्जलीद्वारा नेपालमा सञ्चालन भएका उद्योगहरुको मुनाफा पनि आफूहरुले नेपालकै समृद्धिका लागि खर्च गरिरहेको बताउँदै योग गुरु रामदेव समेत पतञ्जलीका नेपालका उद्योगहरुका मुनाफा स्वदेशमै खर्च गर्ने पक्षमा रहेको बताउनुभयो ।

भेटवार्ताका क्रममा प्रदेशका अर्थिक मामिला तथ योजना मन्त्री कैलाश ढुङ्गेलले नेपालको संविधान , ऐन , कानुनहरुले दिएसम्मका अधिकारको प्रयोग गरेर सरकारले जडिबुटीको क्षेत्रमा पतञ्जलीसंग सहकार्य गरेर काम गर्ने बताउनुभयो । भेटका क्रममा बाग्मती प्रदेशका प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेतले नेपालका जडिबुटीहरुको संरक्षण र सदुपयोगका लागि आयोग र प्रदेश सरकारले बिषेश योजना बनाएर जाने बनाउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*